विमानस्थलबाट सुनसहित एक युवक पक्राउ


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
विमानस्थलबाट सुनसहित एक युवक पक्राउ
काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सय ग्राम सुनसहित एक यात्रु पक्राउ परेका छन्।

। जजिरा एअरको विमानमा कुवेतबाट आज मंगलबार बिहान ७ बजे काठमाडौं आइपुगेका रुपन्देहीका २८ वर्षीय सरोज कार्कीलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित समातेको हो। 

भन्सार कार्यालयका अनुसार चेकजाँच गर्दा मिक्सरको भित्री भागमा करिब सय ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको अवस्थामा बरामद भएको हो।