Media Network

विमानस्थलमै भेटियो अमेरिकी डलर


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर शनिबार साँझ प्रहरीले बरामद गरेको छ । 

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी प्रहरीले बरामद गरेको हो । 

बरामद डलर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद