Media Network

विनोद शाही मृत्यु प्रकरण : पञ्चदेवलकी मेयरसहित ७ जना पक्राउ


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

सुर्खेत । अछामको पञ्चदेवल विनायक नगरपालीका–४ का विनोद शाहको हत्याको विषयमा अनुसन्धान गर्नको लागि प्रहरीले मेयर अम्बिका चलाउने सहित ७ जनालाई पक्राउ गरेको छ ।

गएको जेठ १७ गते त्यहाँ नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताका बिचमा विवाद भएको थियो । त्यसपछि वेपत्ता भएका शाहीको शव जेठ २१ गते स्थानियले फेला पारेका थिए । शाहीलाको हत्या भएको भन्दै आफन्तले ५ दिन सम्म शव उठाउन मानेका थिएनन् । यस विषयमा सडक देखि सदन सम्म आवज उठेको थियो । 

प्रहरी प्रशासनले घटनाको निष्पक्ष रुपमा छानबिन गर्ने बताएपछि आफन्तले सब बुझेका थिए । त्यसपछि आफ्न्तले शाहीको शव बुझेर अनुसन्धान गर्नको लागि नगरपालीकाकी मेयर चलाउने सहित १३ जना बिरुद्ध किटानी जाहेरी दिएका थिए । 

आफन्तको किटानी जाहेरीका आधारमा प्रहरीले यस अघि ५ जनालाई पक्राउ गरेको थियो । शनिबार पञ्चदेवल विनायक नगरपालीकाकी मेयर अम्बिका चलाउने र नेत्र प्रसाद अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मेयर चलाउने र अधिकारीलाई कुन ठाउबाट पक्राउ गरिएको भन्ने विषयमा भने प्रहरीले खुलाएको छैन् । 

सोही घटनाको विषयमा अनुसन्धानको माग गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले अछाममा आज र भोलि सवारीसाधन बन्द गराएका छन् । 

जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र  केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेस गर्ने जनाएको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद