काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले काठमाडौंको सिनामंगलस्थित मेडिकल कलेजमा ढुंगामुडा सहित तोडफोड गरेका छन् ।चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूले उठाएका माग सम्बोधन गर्न सञ्चालक सुनिल शर्माले अटेरी गरेकाले कलेजमा ढुंगामुडा गरेको हो ।
काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा कलेजले विद्यार्थीबाट बढी असुल गरेको भन्दै चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन् ।