पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।
गत वैशाख २७ गते दिउँसो सिद्धिचरण नगरपालिका-११ मा उनीहरुले ती बालिकालाई डर, धम्की देखाई जबर्जस्ती करणी गरेको र यसअघि पनि विभिन्न स्थान र मितिमा समेत जबर्जस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
हाल फरार रहेका अर्का अभियुक्त सोही ठाउँ बस्ने ७६ वर्षीय फणिन्द्रप्रसाद दहालको प्रहरीले खोजी गरिरहेको छ । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।