Media Network

९ वर्षीय बेपत्ता बालक अझै भेटिएनन् , खोजिदिन आग्रह


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ। बझाङका ९ वर्षीय बालक ४ दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका–१ कैलासका मधेश शाहीका माइला छोरा धरेन्द्र शाही जयपृथ्वी नगरपालिका–१ कैलासको नजिकै पर्ने मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट गत जेठ १४ गते शनिबार बेपत्ता भएका हुन्।

धरेन्द्र आफ्ना ठूलाबुवा शेरबहादुर शाहीसँग गोठालो गएको बुझिन आएको छ।

धरेन्द्रका ठूलाबुवा भैसी फर्काउन करिब २० मिनेट टाढा गएका वेला एक्लै बसेका धरेन्द्र उनका ठूलाबुवा त्यहाँ पुग्दासम्म त्यो ठाउँमा नभएको भन्ने जानकारी आएको उनकी फुपू विर्सना शाहीले बताईन ।

४ दिनसम्म धरेन्द्र नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बझाङमा उनी हराएको जानकारी दिए। आज बिहानैदेखि स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि उक्त ठाउँमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए। उनका आफन्तहरूले कहीँ कतै कसैलै भेटाएमा नजिकैको प्रहरीचौकीमा बुझाइदिन समेत अपिल गरेका छन्।

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद