५६ वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
५६ वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ
काठमाडौँ।  बारामा ५६ वर्षकी एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा दुई  युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर १ चिउटाहाका १५ र १७ वर्षका दुइ किशोर रहेका छन्। 

यही असार २५ गते राति आफ्नै गोठघरमा एक्लै सुतिरहेकी महिलालाई ती दुवै किशोरले रातिको ११ बजे सामुहिक रुपमा बलात्कार गरेको प्रहरीले जनाएको छ। 

पीडित महिलाले प्रहरीलाई घटना बारे जानकारी गराएपछि असार २६ गते दुवै किशोर पक्राउ परेका बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए। 

दुवै किशोर विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको थापाले जनाए ।