विराटनगरमा चिकित्सकको मोटरसाइकलमा आगजनी


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
विराटनगरमा चिकित्सकको मोटरसाइकलमा आगजनी
काठमाडौँ ।  विराटनगरस्थित कोसी अस्पतालका चिकित्सक रविनराज सिंहको मोटरसाइकलमा आज बिहान राति २:३० बजे आगजनी गरिएको छ। अस्पताल परिषरमा पार्किङ गरेर राखिएको को २५ प ५०२४ नम्बरको बुलेट मोटरसाइकलमा आगजनी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार आगजनी गर्नेको पहिचान खुलिसकेको छैन। विभिन्न तरिका बाट घटनाको अनुसन्धान थालेर आगजनीमा संलग्नको खोजी तीव्र पारिएको श्रेष्ठले बताए।

आगोले मोटरसाइकलमा पूर्ण रूपमा क्षति पुगेको छ।