काठमाडौँ। गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।
प्रहरीमा पोखरेलसँगै, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक एआईजी छन् । आजको मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपी नियुक्त गर्नेछ ।