विश्वराज पोखरेललाई आईजीपी बनाउन गृह मन्त्रालयको प्रस्ताव


खबरस्टोरी संवाददाता
१८ बैशाख २०७९, आईतवार
विश्वराज पोखरेललाई आईजीपी बनाउन गृह मन्त्रालयको प्रस्ताव
काठमाडौँ।  गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।

प्रहरीमा पोखरेलसँगै, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक एआईजी छन् । आजको मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपी नियुक्त गर्नेछ ।