Media Network

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै २ लाख ठगी गर्ने पक्राउ


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौँ। वैदेशिक रोजगारीमा पठाइदिने पठाइदिने भन्दै  ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका- ३ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु छन् । उनले 'फ्रि टिकट, फ्रि भिसा'मा विदेश पठाइदिन्छु भनी मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिसँग २५ हजारदेखि २ लाख रु पैयाँसम्म ठगी गरेका छन् ।

उनले अन्य व्यक्तिको नागरिकता प्रतिलिपि प्रयोग गरी आइएमइमार्फत आएको रकम झिकिरहेको भन्ने बेहोराको पीडितको जाहेरी परेको थियो । सोही आधारमा प्रहरीले आइतार साँझ ५ बजे उनकै कोठाबाट पक्राउ गरेको हो । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद