प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले समिति गठन गरेर युएन मिसनको सहभागिता कसरी बढाउन सकिन्छ भन्नेबारे काम भइरहेको बताएका छन् ।बिहीबार प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा सुरक्षा पत्रकारसँग अन्तक्रिया गर्दै आईजी सिंहले सो कुरा बताएका हुन् ।
इन्डिभिजुल पुलिस अफिसर (आइपिओज्) र फर्म पुलिस युनिट (एफपियु) गरी दुईवटा मिसनमा प्रहरी कर्मचारी सहभागी हुँदै आएका छन्।पछिल्लो समय एफपियु मिसनमा ब्यापक कटौती भएको छ। एफपियु मिसन कटौती हुँदा प्रहरी कर्मचारी शान्ति मिसनमा खटिएर आर्थिक लाभ लिनबाट वञ्चित हुँदै आएका छन्।
उक्त मिसनमा सहभागिता बढाउनका लागि एसएसपीको नेतृत्वका समिति गठन गरेर काम सुरु भएको आईजी सिंहले बताए।