यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत निलम्बित


खबरस्टोरी संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार
यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत निलम्बित
काठमाडौँ। इन्टर्नसिपमा आएकी युवतीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झा निलम्बनमा परेका छन्।

इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै निवेदन दिएको र निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो।

परिषद्का एक कर्मचारीका अनुसार यस विषयमा छानबिन गर्नका लागि समिति गठन गरिएको छ।