काठमाडौंका मेयर उम्मेदवार शाह ब्यन्जनकारलाई आफ्नो राजनितिक गुरु मान्छन् । आज तिनै ब्यन्जनकारसँग आशीर्वाद लिन बालेन घरदैलो कार्यक्रम छोडेर कुपन्डोल पुगेका छन् । स्वतन्त्र रुपमा १० पल्ट वडाध्यक्ष जितेका नरसिंह ब्यन्जनकार अहिले पुतली चुनाव चिन्ह लिएर ११ औं पल्ट चुनावी मैदानमा छन् ।
बालेनले फेसबुकमा लेखेका छन्, ‘उहाँको ५ दशक लामो वडाध्यक्षको कार्यकालले बताउँछ, आमनागरिकको शक्ति र, कुनै पनि जनप्रतिनिधिले गर्नुपर्ने कामको तरिका र फेहरिस्त ।’