आज पोखरामा चुनावी सभा गर्दै सत्ता गठबन्धन दल, शिर्ष नेताले सम्बोधन गर्ने


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
आज पोखरामा चुनावी सभा गर्दै सत्ता गठबन्धन दल, शिर्ष नेताले सम्बोधन गर्ने
काठमाडौ । पाँच दलीय गठबन्धनले आज (आइतबार) कास्कीको पोखरामा चुनावी सभा आयोजना गर्दैछ। सत्ता गठबन्धनले त्यहाँको अमरसिंह चौरमा बिहान ११ बजे चुनावी सभा गर्ने भएको हो। 

सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।पोखरा महानगरपालिकाको प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार बनेका छन्।