Media Network

अहिलेसम्म कांग्रेसले जित्यो ३२० पालिकामा प्रमुख पद


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं।  नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । 

देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन् ।  निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । 

आयोगका अनुसार अहिले २४ वटा पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद