Media Network

अन्य दलका उम्मेदवारलाई छोडेर एमालेका उम्मेदवारलाई जिताउँ : केपी ओली


खबरस्टोरी संवाददाता

१८ बैशाख २०७९,आईतवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आवश्यकता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर एमालेका उम्मेदवारहरुलाई जीताउन आग्रह गरेका छन् । आइतबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाण्डौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलिले यस्तो आग्रह गरेका हुन् । 

उनले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारको अधिकार भएता पनि उनीहरु चर्चा गर्न लाएक नभएको बताएका छन् । उनले भने “इच्छा गर्न पाइन्छ । उहाँहरुले इच्छा गर्नुभयो । उँहाहरुले इच्छा गर्नुपर्छ । उहाँहरुको इच्छालाई सलाम गरौँ । सुर्यमा भोट हालौँ । एमालेलाई जिताउँ, काठमाण्डौँलाई सफा राखौँ ।”

केशव स्थापितको अनुवभ र युवाउम्मेदवार हरुको जोसलाई मिलान गरेर काठमाडौँ महानगरपालीकालाई आफ्नो पार्टीले समृद्ध बनाउन चाहेको जीकीर गर्दै पार्टीको घोषणापत्र र स्थानिय तहको प्रतिबद्धता पत्रलाई लिएर चुनावी प्रचार प्रसारमा जान आम कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । 

मजदुरहरुलाई हक, अधिकार सुनिश्चित गर्नका लागि नेकपा एमाले सदैव तयार रहेको उनको भनाई छ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद