अपरान्ह दुई बजेसम्म देशभर ४१ प्रतिशत मत खस्यो (अपडेट)


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
अपरान्ह दुई बजेसम्म देशभर ४१ प्रतिशत मत खस्यो (अपडेट)
काठमाडौं। स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। आज कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं.१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ । 

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ । आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।