Media Network

अरु दलको झन्डा प्रयोग गर्ने उम्मेदवारलाई कारबाही हुने


खबरस्टोरी संवाददाता

२५ बैशाख २०७९,आईतवार

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोगमा निषेध गरेको छ । यदी त्यस्तो 

गरेको पाइए कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेको उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर आयोगको चेतावनीबारे जानकारी गराएका हुन् ।

’निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भएभन्दा फरक ढंगाले झन्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झन्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानी कानुनबमोजिम कारबाही तथा सजाय हुने हुँदा निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न÷नगराउन आयोग सबैमा आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

आयोगले भनेको छ, ’अन्य दल तथा उम्मेदवारको झन्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिताविपरीत हुने देखिन्छ ।’







Share:
Reaction :
ताजा समाचार
खेलकुद