असार १७ मा गठबन्धनको आयु समाप्त : ओली


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
असार १७ मा गठबन्धनको आयु समाप्त : ओली
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्ता गठबन्धनको आयु चाडै नै सकिने बताएका छन् ।

एमाले विराटनगर महानगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने बताए ।गठबन्धन दलहरूलाई लक्षित गर्दै उनले एमालेसँग एक्लै लड्ने हिम्मत नभएका दलहरूले देश बनाउन नसक्ने पनि बताएका थिए । ‘एमाले एक्लै लड्छ र गठबन्धनका पाँचै भाइलाई वैशाख ३० गतेपछि एउटै बट्टामा प्याक गर्छ,’ नेता ओलीले भने ।

‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नुहोस्,’ उनले भने, ‘असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन्, ज्योतिषीलाई बोलाएर हेर्नु होस् भनेको छु, बिचराहरुको सातो गएको छ होला ।’

ओलीले शनिबार एकै दिन विभिन्न चार ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।