बाबुराम भट्टराईले गरे गोरखाबाट मतदान


खबरस्टोरी संवाददाता
३० बैशाख २०७९, शुक्रबार
बाबुराम भट्टराईले गरे गोरखाबाट मतदान
गोरखा।  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मतदान गरेका छन् । उनले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् । 

मतदान गर्दै उनले लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरिएको बताए । मतदान गर्दै उनले सबैलाई मतदान गरेर स्थानीय लोकतन्त्र सुदृढ गर्न पनि अपिल गरेका छन् ।