Media Network

बाबुरामको नगरपालिकामा माओवादीको जित


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

गोरखा । डा.बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा जनता समाजवादी पार्टी नेतृत्वको गठबन्धन पराजित भएको छ । 

पालुङटार नगरपालिकाको मेयरमा माओवादीका विवश चिन्तन र उपमेयरमा बन्दना पाण्डे निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट चिन्तनले ६ हजार ७२ मत र उपमेयरमा पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गरिन् । 

चिन्तनले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा ३ सय ५५ बढी मत प्राप्त गरे । नेकपा एमालेको समेत साथ पाएका गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गरे । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार दिपकबाबु कँडेलले ४ हजार ९ सय ९७ मत ल्याए । 

यस्तै, उपमेयरमा विजयी प्रतिमाले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठको भन्दा ५ सय २ मत बढी पाएका छन् । श्रेष्ठले ५ हजार ७७ मत प्राप्त गरे । जसपाकोसमेत साथ पाएकी नेकपा एमालेकी उम्मेदवार पार्वती पाठकले ४ हजार २ सय ८१ मत ल्याइन् ।

पालुङटारमा कांग्रेससँग गठबन्धनको योजना सफल हुन नसकेपछि जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । 

मेयरमा एमालेले जसपालाई सघाउने र उपमेयरमा जसपाले एमालेलाई सघाउने सहमति भए पनि गठबन्धनका उम्मेदवार नेकपा माओबादी केन्द्रसँग पराजित भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद