Media Network

बुढीगंगा नगरपालिकाः मेयर उपमेयर दुबैमा एमालेकाे दोब्बरले अग्रता


खबरस्टोरी संवाददाता

२५ असार २०७९,शनिबार

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर दुबैमा अग्रता कायम राखेको छ । जारी मतगणनाका क्रममा अहिलेसम्म एमालेले मेयर उपमेयर दुबैमा दोब्बरले अग्रता बढाएको छ । 

गत वैशाख ३० को मतदान बुथकब्जा भएपछि रद्द गरी विहीबार पुनः मतदान भएको थियो । 

अहिलेसम्म ४ हजार ३ सय ६३ मतगणना सकिदा एमालेका मेयरका उम्मेदवार रामबहादुर बाँनियाले २ हजार ४ सय ३८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रंगबहादुर खातीले १२९३ मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले २७७७ मत ल्याएउँदा कांग्रेसकी रीता शाहीले १५२८ मत पाएकी छन् ।  

अहिलेसम्म मत गणना सकिएका चारै वटा वडामा एमालेले जितेको छ । वडा नम्बर १ मा एमालेका रणबहादुर थापा ४१६ मत प्राप्त गरी निर्वाचित भए भने वडा नम्बर २ मा पनि एमालेकै पदमबहादुर भण्डारी ८३८ मतले विजयी भए । 

यसैगरी वडा नम्बर ९ मा पनि एमालेका मीनबहादुर सिंह ४८२ मतसहित निर्वाचित हुँदा वडा नम्बर १० मा पनि एमालेकै दलबहादुर सावद ५ सय ४८ मत प्राप्त गरि निर्वाचित भएका छन् । 

अहिले वडा नम्बर ८ र ३ को मतगणना जारी रहेको छ ।

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद