Media Network

बुढीगंगा नगरपालिकाः मेयर उपमेयर दुबैमा एमाले जित नजिक


खबरस्टोरी संवाददाता

२५ असार २०७९,शनिबार

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले जित नजिक पुगेको छ । १० वटा रहेको नगरपालिकामा ६ वडाको मतगणना सम्पन्न भइसकेको छ । 

गत वैशाख ३० को मतदान बुथकब्जा भएपछि रद्द गरी विहीबार पुनः मतदान भएको थियो । अहिलेसम्म वडा नम्बर १, २, ३, ८, ९ र १० को गणना सम्पन्न भइसकेको छ । 

अहिलेसम्म ५ हजार ४ सय २९ मतगणना सकिदा एमालेका मेयरका उम्मेदवार रामबहादुर बाँनियाले ३ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रंगबहादुर खातीले १७८९ मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३२७९ मत ल्याउँदा कांग्रेसकी रीता शाहीले १८५८ मत पाएकी छन् ।  

अहिलेसम्म मत गणना सकिएका ६ वटामा ५ वडाका अध्यक्षमा एमाले निर्वाचित भएको छ । 

वडा नम्बर १ मा एमालेका रणबहादुर थापा ४१६ मत प्राप्त गरी निर्वाचित भएका छन् । वडा नम्बर २ मा पनि एमालेकै पदमबहादुर भण्डारी ८३८ मतले विजयी भए भने वडा नम्बर ३ मा एमालेका खड्गबहादुर अधिकारी निर्वाचित भएका छन् । 

यसैगरी, वडा नम्बर ९ मा पनि एमालेका मीनबहादुर सिंह ४८२ मतसहित निर्वाचित हुँदा वडा नम्बर १० मा पनि एमालेकै दलबहादुर सावद ५ सय ४८ मत प्राप्त गरि निर्वाचित भएका छन् । 

बुढीगंगाको वडा नम्बर ८ मा नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेसका वडाध्यक्ष रमेशबहादुर रावल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले वडा नम्बर ४ र ७ को मतगणना भइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद