उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद चालिसेले छ हजार ६०९ मत ल्याएका छन् । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अनिता लामाले सात हजार ४०० मत ल्याई अग्रता लिएकि छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेवार रमिला वाग्लेले छ हजार ९९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए।
वडा नं ९ को वडाध्यक्षमा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी भएकी छन् । अध्यक्ष पाण्डेले ९४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका गणेशकुमार कोइरालाले ८७५ मत प्राप्त गरे । वडा नं ९ को खुला सदस्यमा कांग्रेसका रमेशकुमार गौतम र श्याम कार्की, महिला सदस्यमा कांग्रेसकी शान्ति पाण्डे र दलित महिला सदस्यमा सुमी परियार विजयी भएको निर्वाचन अधिकृत भट्टराईले बताए । कूल ४८ हजार ३०४ मतदाता रहेको नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । नगरपालिकामा १३ वडा छन् ।