Media Network

बागी उम्मेदवारलाई कांग्रेसको चेतावनी– दुई दिनभित्र उमेदवारी निष्क्रिय नभए कारबाही हुने


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीबाट बागी बनेका उमेदवारलाई दुई दिनभित्र आफ्नो उमेदवारी निष्क्रिय गरे कारबाही नगर्ने बताएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै वैशाख २१ भित्र विज्ञप्ति जारी गरेर उमेदवारी निष्क्रिय गर्न निर्देशन दिएका छन् ।

विज्ञप्तिमार्फत कांग्रेसले उमेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गर्न र आधिकारिक उमेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशन दिएको छ । 



 


Share:
Reaction :
ताजा समाचार
खेलकुद