उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४९४ मतले अग्रता लिएका छन् । एमालेका रुपा विकले ३६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका छन् । ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २९४ मतले अग्रता लिएका छन् । एमालेका ऋषिराम रोकाको ५२ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको ९४ मत छ । उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाको २९६ एमालेकी थममाया घर्तीले १०२ मत पाएका छन् ।
निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्तीले १४७ मतले अग्रता लिएका हुन् । एमालेका भूमिराज घर्तीमगरले ११३ मत पाएका छन् । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १०५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन् । जिल्लाका अन्य सात पालिकामा मतगणनाको तयारी भइरहेको छ ।