भक्तपुरमा नेमकिपाका प्रजापति २५ हजार मतान्तरले विजयी


खबरस्टोरी संवाददाता
२ जेष्ठ २०७९, सोमबार
भक्तपुरमा नेमकिपाका प्रजापति २५ हजार मतान्तरले विजयी
काठमाडौँ । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति ठुलो मत अन्तरसहित निर्वाचित भएका छन्। 

उनले २९ हजार २५२ मत पाएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वीलाई  २५ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ४०७ मत पाए भने एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याएका छन्।उपमयेरमा पनि नेमकिपाकै रजनी जोशी विजयी भएकी छन्। जोशीले २९ हजार ७५९ मत पाएकी छिन्।

निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७७८ मत पाएका छन् ।प्रजापति र जोशी दुवै दोहोरिएका हुन्। ०७४ को निर्वाचनमा पनि उनीहरु निर्वाचित भएका थिए।