उनले २९ हजार २५२ मत पाएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वीलाई २५ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ४०७ मत पाए भने एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याएका छन्।उपमयेरमा पनि नेमकिपाकै रजनी जोशी विजयी भएकी छन्। जोशीले २९ हजार ७५९ मत पाएकी छिन्।
निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७७८ मत पाएका छन् ।प्रजापति र जोशी दुवै दोहोरिएका हुन्। ०७४ को निर्वाचनमा पनि उनीहरु निर्वाचित भएका थिए।