Media Network

भक्तपुरमा सत्ता गठबन्धननबीच सहमति


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

भक्तपुर । भक्तपुरमा सत्तागठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि भागबन्डामा सहमति भएको छ । आइतबार भएको सहमति अनुसार तीन वटा नगपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हुने छन् । साथै तीनमध्ये दुई वटा नगरपालिकाको उपमेयर नेकपा एसलाई र एउटा उपमेयर नेकपा माआवादी केन्द्रलाई दिने सहमति भएको हो । 

मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाको मेयर कांग्रेसलाई दिने सहमति गठबन्धनमा भएको छ । भक्तपुर र सूर्यविनायकको उपप्रमुख एसलाई र मध्यपुरको उपप्रमुख माओवादीलाई दिने गठबन्धनमा सहमति भएको हो । 

जिल्लाका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाबाहेकका अन्य तीन वटा नगपालिकामा गठबन्धनबीच सहमति भएको छ । 

यसरी गरियाे भागबण्डाः 


Share:
Reaction :
ताजा समाचार
खेलकुद