Media Network

भीमदत्त नगरपालिकामा कांग्रेस विजयी


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् । बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे । 

यस्तै, राप्रपाका मेयर उम्मेदवार गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाए भने एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ३ हजार ४ सय ५२ मत प्राप्त गरे । 

त्यस्तै, उपमेयरमा १२ हजार २ सय १६ मतसहित जोशी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरे ।

उपमेयरका एमाले उम्मेदवार भुवन कुँवरको ७ हजार ९९० मत आउँदा राप्रपाकी हेलन श्रेष्ठले ४ हजार ७ सय ७२ मत पाइन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद