Media Network

भरतपुर अपडेट : फेरि रेनुको अग्रता


खबरस्टोरी संवाददाता

२ जेष्ठ २०७९,सोमबार

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई ३ मतले पछाडि पारेकी छन्।

१० हजार २०६ मत गन्दासम्म रेनुले ३ हजार ५७८ मत प्राप्त गरेकी छन् भने सुवेदीले ३ हजार ५७५ मत पाएका छन्। 

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ३६० मत पाएका छन्। उपमेयर तर्फ कांग्रेसका चित्रसेन अधिकारी अघि छन्।अधिकारीले ४ हजार ४३ मत प्राप्त गर्दा राप्रपाका हिमाल गुरुङले २ हजार ८१६ मत ल्याएका छन्।




Share:
Reaction :
ताजा समाचार
खेलकुद