भरतपुर अपडेट : मतान्तर बढाउदै रेनु, झण्डै २ हजार मतको अग्रता


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
भरतपुर अपडेट : मतान्तर बढाउदै रेनु, झण्डै २ हजार मतको अग्रता
चितवन । स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकामा झण्डै ३०१५० मत गणना सकिएको छ।

हालसम्मको मतगणनामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले ११०४७ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले ९०५६ मत ल्याएका छन्।दुईबीचको प्रतिस्पर्धामा रेनुले १९९१ मतको अग्रता लिएकी छन्।

यता कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ४९४२ मत ल्याएका छन्।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले १३२०४ मत ल्याएका छन् भने एमालेले समर्थन पाएकी राप्रपाकी हिमला गुरूङले ७३५० मत प्राप्त गरेकी छन् ।