प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् । उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ९८२ मतका साथ अग्रस्थानमा छन् । राप्रपाकी हिमला गुरुङले ४ हजार ६२८ मत पाएकी छन् ।
महानगरको वडा नम्बर ४ को अध्यक्षमा काँग्रेसका अर्पण पोखरेल २ हजार ४९९ मतसहित विजयी हुँदा एमालेका भानुभक्त सापकोटाले एक हजार ६३३ मत पाएका छन् ।