चितवन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कार्यक्रमअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा राजनीतिक दल र स्वतन्त्र गरी ३० जनाले मेयरमा उम्मेदवारी दिएका छन् । उपमेयरका लागि भने १३ जनाको मात्रै उम्मेदवारी परेको छ ।
भरतपुरको मेयरमा विभिन्न राजनीतिक दलका १६ जना र स्वतन्त्रतर्फ १४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रमुख निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
यस्तै, उपमेयरमा विभिन्न दलका नौ जना र स्वतन्त्रतर्फका चार जनाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारहरु विरुद्ध मंगलबार दाबी विरोध गर्न सकिनेछ ।
मेयरमा क–कसले दिए उमेदवारी ?
एमालेबाट विजय सुवेदी, माओवादी केन्द्रबाट रेणु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रविन काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदूर किसान पार्टीबाट हरिप्रसाद दुवाल र माक्सवादी लेनिनवादीबाट सूर्यप्रसाद रेग्मीले मेयरमा उमेदवारी दर्ता गराए ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टी (जपा)बाट संजयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोला, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट सुरेन्द्र परियार र सामाजिक एकता पार्टीबाट खेम प्रसाईंले उमेदवारी दिए ।
स्वतन्त्रतर्फबाट रुद्र प्रसाई, उद्वव अर्याल, रामकृष्ण ओझा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, जगन्नाथ पौडेल, कुलराज कँडेल, दुर्गाप्रसाद शर्मा, शरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र हरिशचन्द्र घिमिरेले मेयरमा उमेदवारी दिएका छन् ।
उपमेयरमा क–कसले दिए उमेदवारी ?
कांग्रेसबाट चित्रसेन अधिकारी, विवेकशील साझा पार्टीबाट पुष्पा सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमला गुरुङ, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट सुस्मा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कल्पना थापा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्रीले उपमेयरमा उमेदवारी दिए ।
स्वतन्त्रबाट रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडालले उपमेयरमा उमेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गरेका उमेदवारको विरोधमा उजुरी दिन सकिन्छ ।