भरतपुर महानगरः रेणु दाहालको अग्रता कायमै


खबरस्टोरी संवाददाता
५ जेष्ठ २०७९, बिहीबार
भरतपुर महानगरः रेणु दाहालको अग्रता कायमै
काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट मेयरका उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् । 

विहीबार बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी छन् ।  

उनलाई नेकपा एमालेका विजय सुवेदीले ११ हजार ४३१ मतका साथ पछ्याइरहेका छन् । 

भुइँकटहर चुनाव चिन्ह पाएका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन् ।

उपमेयरमा  नेपाली कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङलाई अहिलेसम्म ९ हजार २६९ मत प्राप्त भएको छ ।