भरतपुर महानगर : रेनुले लिईन अग्रता


खबरस्टोरी संवाददाता
३ जेष्ठ २०७९, मंगलवार
भरतपुर महानगर : रेनुले लिईन अग्रता
काठमाडौं। चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले फेरि अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फेरि अग्रता बनाएकी हुन्। पछिल्लो मतपरिणामअनुसार रेनुले ५०३९ मत पाएकी छन्।नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन्।