गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय ६९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार १ सय १४ मत ल्याएका छन् ।उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ५ सय ५७ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ७ सय ६४ मत ल्याएकी छिन् । वडा अध्यक्षमा कांग्रेस उम्मेदवारले १ हजार ७४ मत ल्याउँदा एमाले उम्मेदवारले ७ सय २४ मत ल्याएका छन् । वडा अध्यक्षमा राप्रपाका उम्मेदवारले ४ सय २० मत ल्याएका छन् । अहिलेसम्म १३ हजार ९३० मत गनिएको छ ।