पछिल्लो परिणाममा अग्रता लिइरहेका एमाले उम्मेदवार सुवेदीलाई माओवादी उम्मेदवार दाहालले पछ्याई रहेकी छन्।
साँझ पाँच बजे सार्वजनिक मत परिणाममा दाहालले मतान्तर घटाएकी छन्। यसअघि सुवेदीसँग ५४ मतको अन्तर रहेकोमा रेणुले अहिले २३ मतमा झारेकी छन्। सुवेदी अहिले २३ मतले अगाडि छन्।१४ हजार ७३० मत गणना हुँदा सुवेदीले ४ हजार ९५३ मत प्राप्त गरेका छन्। रेणुले ४ हजार ९३० प्राप्त गरेकी छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार २९० मत प्राप्त गरेका छन्।उपप्रमुखमा चित्रसेन अधिकारीले ५ हजार ९१३ मत प्राप्त गरेका छन्। हिमला गुरुङले ३ हजार ९६५ मत प्राप्त गरेका छन्।
वडा नम्बर ४ को ३ हजार ४०२ मत गणना हुँदा वडाध्यक्षमा कांग्रेसका अर्पण पोखरेलले १ हजार ४३४ मत प्राप्त गरेका छन् भने एमालेका भानुभक्त सापकोटाले ९२७ मत प्राप्त गरेका छन्।