Media Network

भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

चितवन । नेकपा माओवादी केन्द्रले एक मात्र छनोट गरेको चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । 

आइतबार दिनभर दुई दलबीच तालमेलकाबारेमा भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हो । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको छ । 

एमाले चितवन जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार राप्रपाले महानगरको वडा नं. १५ र २६ को वडाध्यक्ष पाउने छ भने वडा नं. ४, ११, १६, १९ र २४ मा दुबै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् । सबै वडामा मित्रवत प्रतिस्पर्धा हुने एमालेले जनाएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद