भरतपुर महानगरमा ११ हजार ३७२ मतान्तरले रेनु अगाडी


खबरस्टोरी संवाददाता
१० जेष्ठ २०७९, मंगलवार
भरतपुर महानगरमा ११ हजार ३७२ मतान्तरले रेनु अगाडी
चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले प्रतिस्पर्धी भन्दा विशाल मतान्तरले अग्रता कायम गरेकी छन् ।

मत परिणामअनुसार दाहाल ११ हजार तीन सय ७२ मतले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छिन् । दाहालले ४६ हजार आठ सय ९९ मत प्राप्त गर्दा सुवेदीले ३५ हजार पाँच सय २७ मत पाएका छन ।

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजारभन्दा धेरै मतले अगाडी छन् ।