Media Network

भरतपुर महानगरमा झन्डै १० हजार मतान्तरले रेनुको अग्रता


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख आठ हजार ७६१ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालको ४३ हजार ६७४ मतसहित अग्रता फराकिलो बन्दै गएको छ । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले ३३ हजार ७३१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १३ हजार ३५३ मत ल्याएका छन् । रेनु र विजयबीचको मतान्तर नौ हजार ९४३ छ ।

उपप्रमुखमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ४४ हजार ९६१ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार हिमला गुरुङले २६ हजार ७१८  मत ल्याएकी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद