Media Network

भरतपुर महानगरमा रेनु दाहाल पुनः मेयर निर्वाचित


खबरस्टोरी संवाददाता

१० जेष्ठ २०७९,मंगलवार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनवाट साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल पुनः निर्वाचित भएकी छन् । 

दाहालले ५१ हजार ६ सय ६६ मत प्राप्त गरिन् भने प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका विजयी सुवेदीले ३९ हजार ३ सय ४३ मत ल्याएका छन् । कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्दै असन्तुष्ट बनेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । भुइँकटहर चुनाव चिन्ह पाएका उनले १४ हजार ७ सय ४१ मत प्राप्त गरे । 

१ लाख ८५ हजार कुल मतदाता रहेको भरतपुरको वैशाख ३० गतेको मतदानमा १ लाख २७ हजार ८३९ मत खसेको थियो । 

यस्तै, उपमेयरमा गठबन्धनबाटै कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले निर्वाचित भएका छन् । उनले ५२ हजार ४ सय २१ मत प्राप्त गरेर विजयी भएका छन् । 

उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङले ३० हजार ४ सय ७७ प्राप्त गरेकी छन् । मेयरमा अधिकारीलाई उम्मेदवार बनाएको एमालेले उपमेयरमा राप्रपालाई समर्थन जनाएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद