भरतपुर महानगरमा रेणुको फराकिलो अग्रता, कसको कति मत ?


खबरस्टोरी संवाददाता
७ जेष्ठ २०७९, शनिबार
भरतपुर महानगरमा रेणुको फराकिलो अग्रता, कसको कति मत ?
चितवन। देशै भरिबाट चासोको रुपमा हेरीएको भरतपुर महानगरपालिकामा नेकपा माओवादीकी रेणु दाहालले थप अग्रता कायम राखेकी छिन्।  पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् । 

७३ हजार ७८७ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २८ हजार ६०८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत ल्याएका छन् । 

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १७ हजार ९२० मत ल्याएकी छिन् ।