भरतपुर मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालले दर्ता गरिन् उम्मेदवारी


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
भरतपुर मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालले दर्ता गरिन् उम्मेदवारी
चितवन। चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका छन् । 

मेयरको प्रस्तावक कृष्णप्रसाद बगाले र  समर्थक कृष्णराज न्यौपाने `लब्ली´ र उपमेयरको प्रस्तावक गोपिलाल देवकोटा समर्थक कृष्णराज न्यौपाने `लब्ली´ रहेका छन् । भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएकाे थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।