उक्त आम सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज नै भरतपुर जाने भएका छन् । देउवा भरतपुरमा वागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल लगायतका असन्तुष्ट नेता कार्यकताहरुलाई फकाउनको लागि आजै भरतपुर जान लागेको जनाइएको छ ।
भरतपुरको हाकिम चोकमा हुने उक्त सभालाई प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, महामन्त्री गगन कुमार थापा लगायत जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले सम्मबोधन गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दिउसो ४ः०० बजे भरतपुर पुग्ने कार्यक्रम रहेको उच्च स्रोतले बताएको छ ।