चितवन । देशै भरिबाट निकै चासोका रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालीकामा गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदी बीच रोचक प्रतिस्पर्धा भैरहेको छ ।
६५ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । जसमा सुवेदीले २६ मत ल्याउनदा गठबन्धनकी उम्मेदवार रेणु दाहलले २५ मत प्राप्त गरेकी छन् भने कांग्रेसबाट वागी उठेका जगन्नाथ पौडेलले ७ मत प्राप्त गरेका छन् ।