भरतपुरमा फेरि रेणु मेयरको उम्मेदवार, आजै मेयरबाट राजीनामा दिइन्


खबरस्टोरी संवाददाता
९ बैशाख २०७९, शुक्रबार
भरतपुरमा फेरि रेणु मेयरको उम्मेदवार, आजै मेयरबाट राजीनामा दिइन्
काठमाडौं । वैशाख ३० मा हुने स्थानीय चुनावमा चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दिने भएकी छन् । उनले भरतपुरमा फेरि उम्मेदवार बन्न भन्दै शुक्रबार पदबाट राजीनामा दिएकी छन् । 

शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन् । उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्।

अबको एक कार्यकाल फेरि मेयरका रूपमा भरतपुरमा सेवा गर्न खोजेको भन्दै दाहालले अहिलेसम्म गरेका कामलाई पूर्णता दिनका लागि पनि फेरि दोहोरिन पर्ने भएको स्पष्ट गरिन् । 

पाँच दलीय सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका दिने सहमति गरिसकेको छ । 

उता, वीरगन्जका मेयर विजय सरावगीले पनि बिहीबार मेयरबाट राजीनामा दिएका छन् । सराबगीको राजीनामा शुक्रबार स्वीकृत भएको छ । सराबगी यसपालि नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्दैछन् ।