Media Network

भरतपुरमा ६३ हजार मतगणना, कसको कति मत ?


खबरस्टोरी संवाददाता

६ जेष्ठ २०७९,शुक्रबार

चितवन। चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार मतगणना भएको छ । प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २४ हजार १०७ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा ९एमाले०का विजय सुवेदीले २० हजार ३५० मत ल्याएका छन् । रेनु विजयभन्दा ३ हजार ७५७ मत अघि छन् । 

यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत पाएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ९५० मत पाएकी छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद