Media Network

भरतपुरमा जगन्नाथको उम्मेदवारी रेणुको जितको बलियो आधार


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका जगन्नाथ पौडेलको उम्मेदवारी रेणु दाहालको जितको बलियो आधार भएको निस्कर्ष निकालेको छ।

जगन्नाथको उम्मेदवारी नभएको भए काँग्रेसको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जान्थ्यो माओवादीलाई खासै नोक्सान भएन स्रोतले बतायो ।मतगणनाका क्रममा भुइँकटहर चिन्हबाट स्वतन्त्रमा चुनाव लडेका पौडेलले समग्रमा १० प्रतिशत र कांग्रेसको संगठित मत ३० प्रतिशत खसेको छ ।यदी पौडेलले पाएको सबै मत एमाले उम्मेदवार विजय सुवेदीलाई थपिएको भए रेणुको जित कठिन बन्न सक्थ्यो माओवादीका एक केन्द्रिय सदस्यले बताए ।भरतपुरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभाबाटै प्रधानमन्त्री देउवा र आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिन पौडेललाई गरेको आग्रह उनले अस्वीकार गरेका थिए ।

यतिबेला भरतपुरमा एमालेकै मतदाताको आकर्षण पनि माओवादीप्रति देखिएको छ ।भरतपुर महानगरमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन थियो। रेणु गठबन्धनका तर्फबाट मेयर पदकी साझा उम्मेदवार हुन्। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद