चितवन । भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालले २२६७ मतको अग्रता बनाएकी छन् । भरतपुरमा हालसम्म ३२ हजार २९३ मत गणना सम्पन्न हुँदा रेनुले ११ हजारले ९६६ मत ल्याएकी छन् ।
एमाले उमेदवार विजय सुवेदीले ९ हजार ६९९ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले पाँच हजार २३५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार १६६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ७ हजार ८७० मत पाएकी छन् ।