पाँच दलीय गठबन्धनबाट कांग्रेसले माओवादी केन्द्रलाई मेयर छाडेपछि कांग्रेस चितवनका स्थापित नेता पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् । पौडेललाई शुक्रबार उम्मेदवार फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ लगायतका नेताहरु चितवन आएका थिए । तर उनले उम्मेदवार फिर्ता लिन अस्वीकार गरे ।
देउवाका दूत बनेर चितवन आएका उनीहरुको प्रस्ताव पौडेलले अस्वीकार गर्दै उम्मेदवार कायमै राखेका हुन् । उम्मेदवार फिर्ता लिन नमानेपछि उनलाई कांग्रेसले पार्टीबाट निश्कासन गरेको छ ।